27 C
Kathmandu
Monday, June 21, 2021

पुर्व जनसेना महिला प्रतिष्ठान द्धारा विपन्न महिलाहरुलाई सीलाईकटाई तालिम

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी, मंसीर २५ गते ।
पुर्व जनसेना महिला प्रतिष्ठान नेपाल नवलपरासी द्धारा नवलपरासीको रजहरमा विपन्न वर्गका महिलाहरुलाई सीलाई कटाई तालिम प्रदान गरिएको छ । जनजाति, थारु, मुस्लिम लगाएतका अल्पसंख्यक एवं सीमान्तकृत जातिका महिलाहरुलाई एक महिने सीलाई कटाई तलिम प्रदान गरिएको पुर्व जनसेना महिला प्रतिष्ठान नेपाल नवलपरासीकी अध्यक्ष पुर्ण थापाले बताउनु भयो ।  रजहर गाविसमा गत कात्तिक २० गते देखी पुर्व जनसेना महिला प्रतिष्ठान द्धारा आयोजना गरिएको सिलाईकटाई तालिममा रजहरका स्थानिय जनजाति, थारु, मुस्लिम लगाएत पीडित २० जना महिलाई तालिम दिईएको पुर्व जनसेना महिला प्रतिष्ठान नेपाल नवलपरासीकी सचिव कमला ढंकानाले बताउनु भयो ।एक महिना सम्म चलेको सीलाई कटाई तालिमको शुक्रबार दिउसो एक कार्यक्रमका विच समापन भएको छ । समापन कार्यक्रममा बोल्दै पुर्व जनसेना महिला प्रतिष्ठान नेपालकी जिल्ला अध्यक्ष थापाले विपन्न महिलाहरुका लागि सानो तिनो राजगारीले पनि राम्रो आमदानी गर्न सकिने भएकाले यो तालिम अनेक महिलाहरुको जिवनको आधार बन्नेम विस्वास लिएको बताउनु भयो ।
वामी नेपालको आर्थिक सहयोगमा यो तालिम सम्पन्न भएको आयोजकले जनाएका छन ।
गोपी ज्ञवाली । परासी ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्