27 C
Kathmandu
Monday, June 21, 2021

यसवर्षदेखी एसएलसीमा ग्रेडिङ परीक्षाफल

- Advertisement -
- Advertisement -spot_imgspot_img

२५ मंसिरSchool : यस वर्षदेखी प्रवेशीका परीक्षा(एसएलसी)को परिक्षाफल लेटर ग्रेडिङ अर्थात् अक्षराङ्क प्रणालीमा सार्वजनिक गरिने भएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषद्को बैठकले लेटर ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकले परीक्षाको नतिजालाई ९ समूहमा विभाजन गरी परीक्षाफल सार्जनिक गर्ने निर्णय गरेको हो ।

परीक्षाको परीक्षाफल सार्वजनिक गर्दा ‘ए प्लस’, ‘ए’, ‘बि प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’, ‘डी’, ‘इ’ र ‘एन’ समूह उल्लेख गरिने भएको छ । ग्रेडिङ अनुसार ९० देखी माथिको अंक ल्याउनेलाई ‘ए प्लस’, ८० देखी ९० सम्मको अंक ल्याउनेलाई ‘ए’, ७० देखी ८० सम्मको अंक ल्याउनेलाई ‘बी प्लस’ र ६० देखी ७० सम्मको अंक ल्याउनेलाई ‘बी’ दिइने छ ।

यस्तै, परीक्षामा ५० देखि ६० भन्दा कम अङ्क ल्याउनेलाई ‘सी प्लस’ र ४० देखि ५० भन्दा कम अङ्क ल्याउनेलाई ‘सी’, २० देखि ४० भन्दा कम अङ्क ल्याउनेलाई ‘डी’ र एकदेखि २० भन्दा कम अङ्क प्राप्त गर्नेले ‘इ’ ग्रेडिङ दिइने छ र शून्यलाई एन समूहमा राखिने छ ।

‘डी’ र ‘इ’ भन्दा कम अङ्क ल्याउने परीक्षार्थीले त्यसभन्दा माथिको ग्रेड ल्याउन फेरि अर्को ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था हुने छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्