27 C
Kathmandu
Monday, June 21, 2021

मुम्बई घटनाका दोषी डेभिडको सजाय फिर्ता

- Advertisement -
- Advertisement -spot_imgspot_img

२५ मंसिर(एजेन्सी) : सन् २००८ मा भएको मुम्बई घटनाका दोषी पाइएपछि ३५ वर्षको जेल सजाय पाएका अमेरिकन नागरिक डेभिड हेड्लीलाई सजायमुक्त गरिएको छ । डेभिडले मुम्बई घटनाको सबै जानकारी दिने बताएपछि उनलाई सजायमुक्त गरिएको हो । उनी सरकारी साक्षी बनेका छन् ।

उनी मुम्बईको अदालतमा एक भिडियो कन्फ्रेन्समार्फत उपस्थित भएका थिए । उनले उक्र क्रममा आफूले हमलाका लागि आफूसँग भएका सम्पूर्ण जानकारी दिने बताएका थिए । उनी सरकारी साक्षी बनेका कारण ५२ वर्षका डेभिडको सजाय माफ गरिएको तर, यो निश्चित शर्तमा मात्र लागू हुने बताइएको छ ।

मुम्बई घटनामा कम्तिमा १ सय ६० जना मारिएका थिए । उनी अमेरिकाको एक अज्ञात स्थानबाट अदालतसामू उपस्थित भएका थिए । अदालतले फैसलाबारे जानकारी दिँदै एक पत्रकारले भनेका छन्, ‘उनी सरकारी साक्षी बनेका छन् । अदालतले उनको सजाय माफ गर्ने फैसला गरेको छ । किनकी उनले घटनासम्बन्धी आफूलाई भएको सम्पूर्ण जानकारी दिने भएका छन् ।’

डेभिडलाई सन् २०१३ मा अमेरिकामा नै ३५ वर्षको जेल सजाय सुनाइएको थियो । उनलाई मुम्बई आक्रमणलाई सफल बनाउनका लागि लस्कर ए तोयबालाई सहयोग गरेको आरोपमा पक्राउ गरि ३५ वर्षको जेल सजाय सुनाइएको थियो ।

उनले पहिले आफूमाथिको आरोपको खण्डन गरेपनि पछि भने आफूमाथीको आरोप स्विकार गरेका थिए । उनलाई अमेरिकासँग समन्वय गरी मृत्युदण्डबाट भने जोगाइएको थियो र ३५ वर्षको जेल सजाय सुनाइएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

1863 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्