27 C
Kathmandu
Monday, June 21, 2021

फेसबुकले सुरु गर्यो लाइभ भिडियो स्ट्रिमिंग

- Advertisement -
- Advertisement -spot_imgspot_img

facebook-mobile-more-than-desktopसोसल नेटवर्किंग साइट फेसबुकले लाइभ भिडियो स्ट्रिमिंग फिचर सुरु गरेको छ । सुरुवातमा निश्चित सेलिब्रेटी तथा हाइ प्रोफाइल व्यक्तिहरुले यो केही महिनासम्म यो फिचरको प्रयोग गर्न सक्ने बताइएको छ ।

टि्वटरको पेरिस्कोप तथा मिरक्याट जस्ता लाइभ स्ट्रिमिंग एपहरु निकै चर्चित बन्न थालेपछि फेसबुकले पनि लाइभ स्ट्रिमिंग फिचर सुरु गरेको हो ।

सुरुवातमा फेसबुकको यो सेवा अमेरिकाका केही व्यक्तिहरुमा मात्र सिमित हुनेछ र केवल आइफोनमा मात्रै यो फिचर प्रयोग गर्न सकिनेछ । तर समयक्रममा यो लाइभ भिडियो फिचर फेसबुकका सबै प्रयोगकर्तामा लगिने फेसबुकले जनाएको छ ।

आफ्नो ब्लगपोष्टमा फेसबुकले भनेको छः लाइभले तपाइँलाई आफुले देखेका कुराहरु उहीँ समयमै आफ्नो मान्छेलाई पनि देखाउन सम्भव तुल्याइदिनेछ ।

लाइभ स्ट्रिम गरिएको भिडियो प्रयोगकर्ताको टाइमलाइनमा सुरक्षित हुनेछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

22 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्