27 C
Kathmandu
Monday, June 21, 2021

इन्धन बोकेर ल्याउँदै गरेका व्यक्तिमाथि नवलपरासीको पाल्हीमा गोली प्रहार

- Advertisement -
- Advertisement -spot_imgspot_img
murder_by_gun-Goli_Prahar_Morang_433430108परासी : भारतबाट मोटरसाइकलमा इन्धन बोकेर ल्याउँदै गरेका एक व्यक्तिमाथि  नवलपरासीको पाल्ही गाउँ विकास समिति–७ ब्रहमपुरवाँमा सोमबार बिहान गोली प्रहार भएको छ ।
सीमानाकामा भएको गोली प्रहारबाट भारतको बर्गदवा थाना अन्तर्गत पर्ने पिपरहवा पञ्चायतका २८ वर्षीय सन्दीप रौनियार घाइते भएका छन् ।
गोली लागेर घाइते रौनियार भारततर्फ लागेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलबाट भूमिगत समूह राजन प्रताप अध्यक्ष लेखिएको मधेसी मुक्ति टाइगर्स (तराई) को पर्चा फेला परेको छ । घटनास्थल भारतको बर्गदवा बजारदेखि करिब २ किमीको दुरीमा छ ।
स्थानीयका अनुसार एक सय लिटर डिजेल लिएर आउँदै गरेका रौनियारसँग केही व्यक्तिले मागेको रकम नदिँदा उनलाई गोली हानिएको हो ।
उनीमाथि दुईवटा गोली प्रहार भएको छ । घाइते रौनियारको पाखुरा र छातीमा गोली लागेको छ । उनलाई निचलौलमा उपचार हुन नसकेपछि गोरखपुर मेडिकल कलेजमा पठाइएको बर्गदवाका पत्रकारहरुले जानकारी दिए । नाकाबन्दीपछि रौनियारले भारतबाट इन्धन ल्याएर बिक्री गर्दै आएका थिए ।
घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान भइरहेको बताएको छ । प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटका अनुसार गोली प्रहार भएको  भन्ने खबर आएपनि पुष्टि हुन सकेको छैन । घाइते भारत गएकाले सोबारे अनुसन्धान भइरहेको रानाभाटले बताए ।
यसअघि पनि घटनास्थल नजिक रहेको सनई गाउँमा एक हप्ताअघि इन्धनको विषयमा विवाद हुँदा एक यूवकमाथि पेट्रोल छर्केर जिउँदै जलाउने प्रयास गरिएको थियो । सो घटनामा तीनजना माथि प्रहरी अनुसन्धान भइरहेको छ ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

16 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्