24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

नवलपरासीमा अत्यावश्यक औषधिको अभाव हुँदा बिरामी मारमा

- Advertisement -Flowers in Chania

मङ्सिर १९- नवलपरासीका स्वास्थ्य संस्थाहरुमा लामो समयदेखि अत्यावश्यक औषधिको अभाव हुँदा बिरामी थप मारमा परेका छन् ।जिल्लामा यतिबेला विभिन्न एन्टिवाइटिक औषधिसहित अक्सिजन, गर्भवतीलाई प्रयोग गरिने सुईको चरम अभाव कायमै छ ।उपचार सेवा लिन आएका बिरामीलाई परीक्षण गरे पनि आवश्यकताअनुसार औषधि दिन नसक्दा बिरामी समस्यामा परेको पृथ्वीचन्द्र अस्पतालका प्रमुख चिकित्सक मोहमद नुरुल होलाले बताए । विभिन्न सरकारी स्वास्थ्य संस्थामा सरकारले ७० प्रकारका औषधि निःशुल्क रुपमा प्रदान गर्ने जनाए पनि हाल जिल्लाको जिल्ला अस्पतालसहित प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा जम्मा पाँचदेखि सातवटा औषधिमात्र रहेको छ ।गाउँगाउँमा रहेका स्वास्थ्य चौकीमा बिरामी उपचार सेवा लिन आए पनि औषधि अभावमा उपचार सेवा पाउनबाट वञ्चित भएको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रका वरिष्ठ स्वास्थ्य सहायक सुरेन्द्रकुमार शाहले बताए ।

 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्