27 C
Kathmandu
Monday, June 21, 2021

कावासोती खानेपानीको नयां नेतृत्वका लागि निर्वाचन सम्पन्न फोटो फिचर

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती खानेपानीको नयां नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ । विहान ९ वजे वाट सुरु भएको निर्वाचन वेलुकी ५ वजे सकीएको हो । करिब ४ हजार मतदाता मध्ये ३ हजार उपभोक्ताले मतदान प्रकृयामा सहभागीता जनाएका छन् ।मतदानपछी  अध्यक्ष पदमा दुबै उम्मेदवारले जित्ने दावी गरेका छन् ।  पार्टीगत रुपमा खानेपानी संस्थामा उम्मेदवारी परेको  छ ।  नेकपामा एमालेबाट अध्यक्षमा बिष्णुप्रसाद भुसाल, उपाध्यक्षमा सिता खड्का, सचिवमा हरि बास्तोला र लेखा समितिको संयोजकमा भोजराज दाहाल  सहित ६ वडाबाट वडा प्रतिनिधि र दुई लेखा सदस्यहरु रहेका छन् ।  नेपाली काँग्रेस एनेकपा माओवादी लगाएकोको गठबन्धनमा अध्यक्ष महेन्द्र पोखरेल, उपाध्यक्ष एमाओवादीकी रमिला भुजेल, सचिवमा काँग्रेसका श्याम बस्ताकोटी र लेखा समितिको संयोजकमा एमाओवादीका कुलबहादुर गुरुङ्गले उम्मेदवारी  दिएका छन् ।  ६ वडा वटा र लेखा समितिमा यो गठबन्धनले उम्मेदवारी दिएको छ । भने दलित तर्फ एमालेकी गोमा नेपालीको  एक मात्र उम्मेदवारी परेकाले उनी विजयी भइसकेकी छिन् ।मतगणना शनिवार वाटै सुरु हुनेछ ।

फोटो प्रेम न्यौपाने

11209589_934950889931300_9144161887817163048_n12341407_850994708351136_7048591013665456851_n12308442_934950806597975_4401499228965010144_n

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

28 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्