27 C
Kathmandu
Monday, June 21, 2021

मधेसी मोर्चामा शीर्ष नेताहरु दिल्ली जाँदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

१९  मंसिर:  मधेसी मोर्चामा शीर्ष नेताहरु दिल्ली जाने भएका छन् । दिल्लीबाट प्रमुख दलहरुलाई संविधान संसोधन गरेर अघि बढ्न संकेत आएपछि सीमांकनका विषयमा छलफल गर्न उनीहरु दिल्ली जान लागेका हुन् । भोलि आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र राय यादव दिल्ली जानेछन् । उनीहरुले भारतीय प्रभिडियो कन्फ्रेनसपछि मधेसी मोर्चामा शीर्ष नेताहरु दिल्ली जाँदैधानमन्त्री नरेन्द्र मोदी र विपक्षी कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायतसँग भेटवार्ता गर्ने तयारी छ । शुक्रबार साँझ दुतावासमा भएको छलफल पछि उनीह

रु दिल्ली जाने तय भएको हो ।

भारतीय राजदतु रञ्जित रे को सल्लाह अनुसार नै उनी दिल्ली जान लागेको स्रोतले बताएको छ । मधेसमा १ सय १० दिनदेखि जारी आन्दोलनका बारे छलफल गर्न र सीमांकन सहितको सहमतिका लागि दवाव सृजना गरिदिन आग्रह गर्न उनीहरु दिल्ली जान लागेका हुन् ।स्रोतका अनुसार उनीहरुकोलागि प्रत्यक्ष भिडियो कन्फ्रेन्सको ब्यवस्था गरिएको थियो । लैनचौरबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री शुष्मा स्वराजसँग उनीहरुले प्रत्यक्ष लाईभ भिडियो कन्फ्रेनस गरेका छन । भिडियो कन्फ्रेनसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली आउन निम्तो दिएका थिए । त्यही निम्तामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु भारत भ्रमणमा जान लागेका हुन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

21 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्