27 C
Kathmandu
Monday, June 21, 2021

त्रिपक्षीय निर्णायक वार्ता आज साँझ

- Advertisement -
- Advertisement -spot_imgspot_img

१८ मंसिर : मधेसी मोर्चा र प्रमुख दलहरूबीच आज त्रिपक्षीय वार्ता हुने भएको छ । हिजो प्रमुख दलहरुले बनाएको साझा धारणाका आधारमा आज वार्ता हुनेछ ।

आज साँझ ५ बजेका लागि बोलइएको वार्तालाई निर्णायक बनाउने निर्णय लिँदै नाकाबन्दी लगायत समस्या समाधानमा गम्भीर हुन सबै पक्षलाई अपिल पनि गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सत्तारुढ दुई प्रमुख दल एमाले र एमाओवादी शीर्ष नेता बैठकले मोर्चाका मागप्रति सकारात्मक हुँदै समाधानमा https://im2-tub-ru.yandex.net/i?id=1535311b3816b0f92761d70f258a5ae8&n=33&h=190&w=238लचिलो भएर प्रस्तुत हुने निर्णय लिएको हो ।

संविधान संसोधन तत्काल गर्ने र प्रदेशको सीमांकनमा मोर्चाले जनाउँदै आएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरि राजनीतिक समिति बनाउनेमा दलहरू निस्कर्षमा पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीले बैठक बोलाउने तय भइसकेको जानकारी दिएका छन् ।

सीमांकनको विषयमा टुंगोमा पुग्न दलीय समिति गठन गरी तीन महिनाभित्र समाधान खोज्ने बैठकको निर्णय छ । मधेसी मोर्चाले भने यस्तो समिति स्वीकार्य नहुने अडान कायमै राखेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

29 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्