27 C
Kathmandu
Monday, June 21, 2021

एसएलसी चैत अन्तिम साता

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसिर १८-

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ ।गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सार्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षहरुमा झैँ समयमै परीक्षा सञ्चालन गर्न सक्ने गरी तयारी गरे पनि भूकम्प र मधेस आन्दोलनका कारण केही दिन परीक्षा सर्न सक्ने बताए ।‘एसएलसी परीक्षाका लागि प्रश्नपत्र बनाउने, उत्तरपुस्तिका छाप्न दिने प्रक्रिया भएको छ, परीक्षा चैतको पहिलो साताhttps://im3-tub-ru.yandex.net/i?id=630edded86728077bdae371b33efeda4&n=33&h=190&w=265मा सञ्चालन गर्न सक्ने भए पनि पढाइ प्रभावित भएकाले केही दिन सर्न सक्छ ।’ गत वैशाख १२ गतेको भूकम्पका कारण भूकम्प प्रभावित १४ जिल्लामा करिब डेढ महिना र अहिले मधेसमा जारी आन्दोलनका कारण मधेसका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहामा पढाइ प्रभावित भएपछि यस वर्षको एसएलसी परीक्षासमेत प्रभावित हुने भएको हो । तराईका जिल्लाबाट मात्रै एक लाख विद्यार्थीले एसएलसी दिने तयारीमा रहेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

18 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्