27 C
Kathmandu
Monday, June 21, 2021

भारतसँग कुरो मिलेको तीन दलको बैठकमा रिपोर्टिङ

- Advertisement -
- Advertisement -spot_imgspot_img

मधेस मुद्दालाई लिएर नेपाल र भारतबीच देखिएको असमझदारी अन्त्य भएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।

दिल्ली भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा स्वदेश फर्किनुअघि नै बालुवाटारमा खुसी छाएको छ । निजी भ्रमणका लागि भन्दै दिल्ली गएका थापा बिहीबार मध्याहृन स्वदेश र्फकँदैछन् ।

थापाले दिल्लीमा भारतीय समकक्षी सुष्मा स्वराजसँग दुईपटक भेटवार्ता गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने प्रयास गरे पनि सफल भएन । तर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेटेका छन् ।

यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री स्वराजसँग समेत टेलिफोन सम्वाद भएको छ । यो सम्वादले नेपाल र भारतबीच देखिएको असमझदारी हटेको बालुवाटार स्रोतले दाबी गरेको छ ।

भारतले चासो दिँदै आएको मधेसका तीन मुद्दामा सरकारले तीन चरणमा राजनीतिक समझदाhttp://news786.in/news/artimg/22287_1.jpgरी हुने बताएको छ । समानुपातिक समावेशीताको सुनिश्चितता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रका लागि तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाउने सरकारले बताएको छ ।

सीमांकनबारे मधेसी मोर्चाको मागमा भने राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंग्याइने भएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

23 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्