27 C
Kathmandu
Monday, June 21, 2021

शुक्रबारदेखी हप्तामा ५८ घण्टा लोडसेडिङ (तालिकासहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

१७ मंसिर : नेपाल विद्युत प्राधिकरणले भोलि अर्थात् शुक्रबारदेखि दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गर्दै दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ ।

तालिका अनुसार साताको तीन दिन तीन पटक विद्युत कटौती हुनेछ भने अन्य दिन दुईपटक विद्युत कटौती हुनेछ । यस हिसाबले सातामा ५८ घण्टा लोडसेडिङ हुनेछ ।loadsheding

यसअघि प्राधिकरणले साप्ताहिक ४४ घण्टा लोडसेडिङ्ग गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । भारतीय नाकाबन्दीपछि उद्योगमा विद्युत खपत नहुँदा औद्योगिक क्षेत्रमा वितरण गरिएको विद्युत सर्वसाधारण ग्राहकलाई उपलब्ध गराउँदा सातामा १५ घण्टामात्रै लोडसेडिङ्ग गरेको थियो ।

केहीदिनअघिदेखि अघोषित रुपमा लोडसेडिङ्ग बढाएको प्राधिकरणले माग भन्दा उत्पादन आधा नै कम भएकाले लोडसेडिङ्ग बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्