27 C
Kathmandu
Monday, June 21, 2021

भारतीय नागरिकबाट मधेसी मोर्चाका कार्यकर्तामाथि आक्रमण

- Advertisement -
- Advertisement -spot_imgspot_img

१७ मंसिर, पर्साको वीरगञ्जस्थित नेपाल-भारत सीमामा पर्ने मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुमाथि भारतीय पक्षबाट आक्रमण भएको छ । आक्रमणबाट मधेसी दलका ५ कार्यकर्ता घाइते भएका छन् ।DSCN2735घाइते हुनेहरुमा बाराको कलैया नगरपालिकाका सुरेश साह कानु, फेटा-२ का रन्जित साह, दक्षिण झिटकैयाका रामदहिन यादव र नन्दु यादव तथा वीरगन्ज-१३ का फिरोज बाबु खान रहेका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । घाइते अधिकांशको टाउकोमा चोट लागेको छ । नाका अबरुद्ध पारेर धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुलाई बुधबार राति भारतीय नागरिकहरुले ढुंगा प्रहार गरेका थिए । आक्रमणपछि मोर्चाका कार्यकर्ताहरु त्यहाँबाट भागेका थिए । भारतीय नागरिकहरुले आन्दोलनकारीले धर्ना बस्न बनाएको टेण्ट भत्काइदिएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

19 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्