27 C
Kathmandu
Monday, June 21, 2021

कालोबजारी नियन्त्रण गर्न कांग्रेसको दबाब र्‍याली

- Advertisement -
- Advertisement -spot_imgspot_img

१६ मंसिर, काठमाडौं । बढ्दो कालाबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानका लागि सरकारलाई दबाव दिन नेपाली कांग्रेस काठमाडौंले बुधबार राजधानीमा बृहत दबाव र्‍याली गर्ने भएको छ ।

Nepali-Congressमधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दबाव दिन प्रदर्शन गर्न लागिएको काठमाडौंका कांग्रेस सभापति सांसद भीमसेन दास प्रधानले जानकारी दिए । ‘अधिकार, न्याय र शान्तिको लागि दबाव’ नाम दिईरहेको र्‍याली दिउँसो एक बजे शान्तिबाटिकाबाट सुरु हुनेछ ।

मधेस आन्दोलनलाई समर्थन गर्दै नेपालमा अघोषित नाकाबन्दी गरेको भारत र समस्या समाधानमा गम्भीर नदेखिएको सरकारको ध्यान आर्कषित गर्न र्‍याली गर्न लागिएको प्रधानले बताए ।

उनले कांग्रेसको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा काठमाडौंका सांसद तथा केन्द्रीय सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक कुईकेल र तिर्थराम डंगोल लगायतकाले मधेसको समस्या समाधानमा सरकार उदासिन भएको बताए ।

कांग्रेस सांसदहरुले तत्काल अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधनलाई अगाडि बढाए मधेसको आधारभूत मागहरु पुरा हुने दाबी गरे । उनीहरुले भूकम्पबाट ध्वस्त संरचनाको नवनिर्माणका लागि पुनर्निर्माण प्राधिकरण विधेयकलाई अगाडि बढाउन माग गरे ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

22 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्