24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

५ डलरको कम्प्युटर सार्वजनिक

- Advertisement -Flowers in Chania

 

pi-zero-computer(एजेन्सी) : बेलायती सिंगल बोर्ड कम्प्युटर निर्माता कम्पनी रास्प्बेरी पी फाउण्डेशनले मात्र ५ डलरको कम्प्युटर सार्वजनिक गरेको छ । मात्र ६.५ सेन्टिमिटर रहेको उक्त कम्प्युटर कम्पनीले आफ्नो मंथली म्यागाजिनसँग फ्रिमा दिनेछ ।

कम्पनीले यो कम्प्युटरको नाम पि जिरो राखेको छ । यो कम्प्युटर लिनक्स प्लेटफर्ममा बनेको रास्प्बियन अपरेटिङ सिस्टम चलेको थियो । यसमा १ गिगाहर्ज भएक कम्प्युटरमा ५१२ एमबी र स्टयान्डर्ड युएसबी पोर्ट रहेको छ । साथै यसले माइक्रो एसडी कार्ड पनि सपोर्ट गर्छ, जसबाट यसको मेमोरी बढाउन सकिन्छ ।

क्रेडिट कार्डभन्दा पनि सानो यो डिभाइसमा एचडिएमआई पोर्ट पनि रहेको छ, जसले १०८० पिक्सेलको रिजोलुशन स्क्रिन भएको मोनिटर सपोर्ट गर्छ । रास्प्बेरी पी बेलायतमा सबैभन्दा बढी बिक्री हुने कम्प्युटर हो । अहिले पि जिरो भने अमेरिका र बेलायतका केही स्थानबाट बिक्री गरिँदैछ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

22 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्