नवलपरासी, १४ मंसिर ।
प्रतापपुर ५ गंगापुरमा रहेको इन्द्रा सुगर मिलको स्प्रिट बनाउने कारखानामा उखु किसानहरुले तालाबन्दी गरिदिएका छन् ।
झण्डै ६ करोड रकम भुक्तानी नपाएको भन्दै किसानहरु तालाबन्दी गरिदिएका हुन् ।
उखुको द्धिजन शुरु भईसक्दा पनि गत बर्षको भुक्तानी नपाएपछि उनीहरुले तालाबन्दी गरिदिएका हुन् ।
किसानहरुले अघिल्लो बर्षको रकम भुक्तानी नपाएसम्म तालाबन्दी जारी राख्ने जनाएका छन् । सरकारले गत बर्ष प्रति क्युन्टल ७१ रुपैयां अनुदान सहित ४ सय ६१ रुपैयां उखुको मूल्य निर्धारण गरेपनि चिनी सञ्चालकले उखुको मूल्य भुक्तानी दिन आनाकानी गर्दै आएको छ ।
रामकुमार श्रेष्ठ
- Advertisement -
- Advertisement -