३ महिना भन्दा बढी लगातार वन्द रहेको नवलपरासी जिल्ला विप्लव माओवादीको नेपाल बन्द र मधेशी मोर्चाको आम हड्तालको कारण दोहोरो वन्दको चपेटामा परेको छ । जिल्लाको परासी क्षेत्र वाहेक नवलपुर क्षेत्र यस अघि खुल्ला रहेपनी विप्लव माओवादीको वन्दको कारण आज जिल्लाका सवै क्षेत्र ठप्प भएका छन् । ईन्धन अभावले सधै वन्द जस्तै रहेको जिल्लामा जसोतसो चलेका सवारीसाधन समेत चल्न नसक्दा स्थानीयले थप सास्ति खेप्नुपरेको छ । जिल्लाको भित्री क्षेत्रमा पसल खुल्ला भएपनी मुख्य राजमार्ग का सुनवल , बर्दघाट , दुम्किवास , चोरमारा , डण्डा , कावासोती , दलदले बजार सवै बन्द रहेका छन् ।
- Advertisement -
- Advertisement -