ईएफजि स्विजरलयाण्ड र नेपालको टाईगर टप्स टस्कर्स नवलपरासीमा जारी अन्र्तराष्ट्रिय हात्ति पोलो प्रतियोगीताको फाईनलमा प्रवेश गरेका छन् । स्जिजरल्याण्डले अरेवियाको टाईगरेसेस लाई ६ का विरद्ध ९ गोल गर्लै फाईनलको यात्रा तय गरेको हो भने नेपालको टाईगर टप्सले ईङलयाण्डको रस्ट्री कुक्रीज लाई २ का विरुद्ध ४ गोल गर्दै फाईनलको यात्रा पक्का गरेको हो । यसैगरी तेसा्रे स्थानका लागि अरेवियाको टाईगरेसेस र ईङलयाण्डको रस्ट्री कुक्रीज विच प्रतिस्र्धा हुनेछ । प्रतियोगिताको फाईनल प्रतिसपर्धा भोलि हुने छ । टाईगर टप्स र थारु भिलेज रिसोर्टको आयोजनामा जारी प्रतियोगीता कावासोती नगरपालिका १६ होमस्टे नजिकै ढकाहा वनको चौरमा भईरहेको छ । प्रतियोगीतामा स्विजरलयाण्ड , श्रीलंका , नेपाल , अमेरीका इंङल्याण्ड ,अरेविया , अस्ट्रेलिया लगाएतका ८ देशको सहभागीता रहेको छ ।