8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

रेडियो परासीमाथी पेट्रोल बम प्रहार अनिश्चितकालिन प्रशासरण बन्द

- Advertisement -
- Advertisement -spot_imgspot_img

10389517_612278775534961_8783408990879977211_n-300x138
हरि शर्मा
परासी,१० मंसिर ः नवलपरासीको सदरमुकाम परासीस्थित रेडियो परासीमा गएराती (बुधवार)अज्ञात व्यक्तिहरुले पेट्रोल बम प्रहार गरी मोटरसाईकल माथी आगजनी गरेका छन् । सञ्चारमाध्यममा आक्रमण भएपछि  सुरक्षाको माग गर्दै रेडियोको प्रशासरण अनिश्चितकालिन बन्द गरिएको छ ।
समाचारको विषयलाई लिएर राती १० बजेको समयमा टेलिफोनमाफर्त्् धम्काउँदै गर्दा बाहिर आएका अज्ञात व्यक्तिहरुले पेट्रोल बम प्रहार गरी मोटरसाईलमा आगजनी गरेको रेडियोका प्रबन्धक मेघराज गौतमले बताए । भारतले नाकाबन्दी गरेको छैन, नाकाबन्दीलाई प्राथमिकता दिएर किन समाचार बजाउने     कालोबजारीको समाचार किन नबजाउने भन्दै ९८५७०४५८९४ नम्बरको मोबाईलबाट धम्काएको प्रबन्धक गौतमले बताए । पेट्रोल बम प्रहारबाट रेडियोको छतमा सामान्य क्षति पुगेको छ भने लु १८ प ४००१ नम्बरको मोटरसाईकल जलेर ध्वस्त भएको छ ।
घटनाबारे राती नै जानकारी गराउँदासमेत प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न  सकेको छैन । यसअघि पनि सञ्चारकर्मी र सञ्चारमाध्यमहरु असुरक्षित रहेको जानकारी गराउँदा गराउँदै पनि प्रशासनले वास्ता नगरेको पत्रकारहरुले गुनासो गरेका छन् । यसैविच घटना वारे नेपाल पत्रकार महासंघ नवलपरासी , प्रेस युनियन नवलपरासी , प्रेस चौतारी लगाउत सञ्चार संस्था सम्वद्ध विभिन्न संघसंस्थाले घटनाको निन्दा गदै दोािष लाई कारवाहीको माग गरेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!