मंसिर ९–
भारतीय सीमा सुरक्षा बलले एकाविहानै गोली चलाउँदा चार नेपाली घाइते भएका छन्। भारतको वीरपुर र नेपालतर्फ सुनसरीको हरिपुर–७ बीच भारतीय पोष्टबाट गोली चलाउँदा उनीहरु घाइते भएका हुन्।घाइते हुनेहरुमा हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव रहेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीको अनुसार अशोकको अवस्था गम्भीर छ।सुनसरी जिल्ला प्रशासन कार्यालयका अनुसार भारतबाट सामान लिएर आइरहेका नेपालीलाई बलले पोष्टमा रोकेको थियो। रोकेपछि उनीहरु बीच वादविवाद भएको थियो। वादविवादकै क्रममा एसएसबीले गोली चलाएको थियो। गोली लागेर पोष्टदेखि ७५ मिटर टाढा घरबाहिर बसिरहेका चार स्थानीय घाइते भएका थिए।