मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच विभिन्न ठाउँमा भएको झडपले सप्तरी तनावग्रस्त छ । आन्दोलनकारीले सदरमुकाम राजविराजमा जिल्ला प्रहरी कार्यालयको ना १ झ १३१६ नम्बरको प्रहरी भ्यानमा आगजनी गरेका छन् । आगोमा जलेर भ्यानको पछाडिको भाग क्षतिग्रस्त भएको छ ।गाडीमा जिल्ला प्रहरी प्रमसख एसपी भीम ढकालसमेत थिए । तर, प्रहरीहरु भने सबै सकुशल छन् । प्रहरीको भ्यानमा आगजनी गरेर भागेका आन्दोलनकारीलाई लखेट्दै गएको प्रहरीले गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालका तीन जनालाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।आन्दोलनकारीकारीले रुपनीमा प्रहरी बिटमा पनि आगजनी गरेका छन् । उनीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बरमझियास्थित सुन्दरी खोलाको रेलिङ भत्काइदिएका छन् ।
रेलिङ भत्काइदिएपछि गाडी एकतर्फी मात्रै चल्न सक्ने अवस्थामा रहेको स्थानीयले बताए ।