27 C
Kathmandu
मंगलवार, मार्च 31, 2020
मंगलवार, मार्च 31, 2020

राष्ट्रिय लोक तथा दाोहोरी गीत प्रतिष्ठान नेपालको १५ औँ बार्षिक साधारण सभा

मंसिर ६-

राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपालको १५ औँ बार्षिक साधारण सभा शनिवारबाट नवलपरासीमा सुरू भएको छ । गैडाकोटको फेमीली क्याफेमा सुरू भएको साधारण सभा आज सकिने छ।बन्दसत्र केहिवेरमा सुरु हुदै छ।

प्रतिस्ठानको १५ औँ बार्षिक साधारण सभा गत आश्विन १५ र १६ मा गरिने भनिएतपनि देशको बिभिन्न भागमा निरन्तर बन्द हड्ताल र आन्दोलन जस्ता प्रतिकूल अबस्थाले गर्दा हिजो र आजका लागी कार्यक्रम सारिएको प्रतिष्ठानका महासचिव रमेश बि जी ले जानकारी दिनुभयो ।

Chitwanकार्यक्रमको अवसर पारी हिजो लोक गितको संरक्षण, सम्बद्र्धन तथा प्रर्वद्धनमा टेवा पु¥याएको भन्दै

लोक गायक बम बहादुर कार्की, सञ्चारकर्मीहरु डा. नवराज लम्साल र सुर्य कुमार क्षेत्रीलाई सम्मान गरिएको छ । सो अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सल्लाहकार नारायण रामयाझी, प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, निवर्तमान अध्यक्ष पुरोषोत्तम न्यौपाने, प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा रायमाझी, लगायतले बोलको थिए ।
साधारणसभाको उद्धघाटन समारोहमा लोक गायक तथा गायिकाहरु बम बहादुर कार्की, रामजी खांड, बिमा कुमारी दुरा, लगायतले आ आफ्ना प्रस्तुती राखेका थिए । उद्धघाटन कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष चन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेपाली लोककला संस्कृतिको संरक्षण सम्बर्धन गर्ने उद्देश्यले १५ बर्ष अघि नवलपरासीमै अमरविरही गुरुङ्गको अध्यक्षतामा राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठान नेपालको स्थापना भएको थियो ।

- Advertisement -

25 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा अपडेट

पोखरामा अब एक घण्टामा नै कोरोनाको रिपोर्ट

पोखरा, गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना...

‘घरभाडा मिनाहा गर्न अनुरोध हैन, निर्देशन देऊ’

१८ चैत, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित...

महिना दिनको हाजिर गरी स्वास्थ्यकर्मी टाप !

१८ चैत, सिमकोट । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया...

लकडाउन २५ गते मध्यरातसम्म थपियाे

सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातसम्म गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी...

६ लाख भन्दा बढीलाई कोरोना संक्रमण,२७ हजारले ज्यान गुमाए

कोभिड–१९ महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । शनिबार मध्यान्हसम्म ६ लाख २ हजार २ सय...
- Advertisement -

सम्बन्धित खवर

- Advertisement -