8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

मन्त्रिपरिषद विस्तारको तयारी, मन्त्रीको टुंगो लगाउन ओली गृहकार्यमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

Nepal PM KP Oli Expected to Keep 'Close Ties' with Beijing: Chinese Mediaकाठमाडौं, कात्तिक १८

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाट मन्त्री हुनेहरुको नाम टुंग्याएर बुधबार मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ ।

एमाले स्थायी समितिको मंगलबारको बैठकले आफ्नो भागमा पर्ने मन्त्रीको चयनका लागि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मा दिएको थियो ।

बैठकले योग्यता, क्षमता तथा तराई, मधेस, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षलाई ध्यान दिई निर्णय गर्न जिम्मा दिए अनुसार प्रधानमन्त्री ओलीले त्यस अनुसार नाम चयनको गृहकार्य गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

एमाले नेताहरुका अनुसार पार्टीका अरु नेतासँग परामर्श गरी ओलीले सम्भवतः बुधबार नै मन्त्रिपरिषद विस्तार गर्नुहुनेछ । एक उपप्रधानमन्त्री सहित अर्थ, रक्षा, सञ्चारलगायत केही महत्वपूर्ण मन्त्रालयमा एमालेले जिम्मेवारी पाउने गठबन्धनमा सहमति भएपनि एमालेले आन्तरिक विवादका कारण निर्णय गर्न ढिलाई गरेको छ ।

एमालेले अहिले कानुनमन्त्रीका रुपमा अग्नि खरेललाई जिम्मा दिइसकेको छ भने सत्यनारायण मण्डललाई विना विभागीय मन्त्री बनाएको छ । अरु मन्त्री चयन हुन बाँकी छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!