24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

नेपाली कांग्रेसमा नेतृत्व छाड्न कोइरालालाई दवाव  

- Advertisement -Flowers in Chania

काठमाडौं १७ कात्तिक ।

नेपाली कांग्रेसमा नेतृत्व छान्न् सभापति सुशील कोइरालालाई दवाव बढेको छ । आज पनि केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्ने तयारी गरेका छन् । विगतको समिक्षा र महाधिवेसन सहितको भावी रणनीति बनाउन बसेको विषेश बैठक नेतृत्वको आलोचनामय बनेको थियो । केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेपछि पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा कांग्रेसले मुलुको प्रमुख पदमा भागेको पराजय र त्यसको समिक्षामा नेताहरुले भनाई राख्ने छन् ।

केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सदस्यहरुले नेतृत्वको आलोचना गर्दै आम्ता आलोचना सहित स्पष्टिकरणको माग गरेको बताउनुभयो । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सबै पदमा पराजय बहोरेको नेपाली कांग्रेसमा अहिले त्यसको कारण खोजी हुँदैछ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सदस्यहरुले नेतृत्वसँग पराजयको कारण खोजीरहेका छन् नेतृत्वमा रहेका प्रमुख तीन नेता एकले अर्कालाई दोष लगाइरहेका छन् ।

विवाद भरखरै सकिएको प्रधानमन्त्रीदेखि उपराष्ट्रपति चुनावसँग जोडिएपनि त्यसको जरो महाधिवेसनपछिको नेतृत्वसँग जोडिएको छ । देउवा पक्ष कोईरालालाई फेरी सभापतिको कुर्सीमा देख्न चाहदैन, त्यसैले हर हमेसा सभापति कोईरालाको कमजोरी औल्याउदै बरिष्ठ नेता देउवालाई आउदो महाधिबेशनबाट सभापति बनाउने लाईनमा छन् ।तर सस्थापन पक्षका नेताहरु कोइरालालाई फेरी एक कार्यकाल सभापति बनाउने लाईनमा छन् ।

सभापति कोइरालानिकट नेताहरू प्रधानमन्त्रीमा पार्टी उम्मेदवारीको बचाउ गर्ने र देउवा पक्ष उक्त निर्णय गल्ती थियो भन्ने सावित गर्न सक्रिय हुने छन । उपसभापति पौडेल पनि कोइरालालाई नै कमजोर बनाएर महाधिवेशनमा संस्थापन पक्षबाटै उम्मेदवार बन्ने दाउमा छन् । पद र प्रतिष्टाकै लडाईका कारण काग्रेस भित्रको विवाद सडकतिर पोखिन थालेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्