राष्ट्रपति चुनावमा भन्दा उपराष्ट्रपति पदको निर्वाचनमा तीन मत कम खसेको छ । राष्ट्रपति निर्वाचनमा ५४९ मत खसेको थियो । मत कम खस्नुमा एक सभासद विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक स्थान रिक्त रहेको, एमालेका सभासद प्रभादेवी बज्रचार्य पार्टीलाई जानकारी गराएरै विदेश भ्रमणमा गएको र राष्ट्रपति निर्वाचनमा मत हालेकी सद्भावना पार्टीकी संसद माधवी रानी साह यो पटक मतदानमा सहभागी नभएकोले तीन मत कम खसेको बताईएको छ ।
यसअघि राष्ट्रपति चुनावमा भाग नलिएको मधेसी मोर्चाका सभासदहरु उपराष्ट्रपति निर्वाचनमा पनि अनुपस्थित भएका छन् ।