27 C
Kathmandu
Saturday, October 31, 2020
2020 Oct 31, Saturday 12:22

TRENDING .

उपराष्ट्रपतिमा पुन र यादवबीच प्रतिस्पर्धा

- Advertisement -
 
काठमाडौं:  उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता र भोलि मतदानको कार्यक्रम छ ।उपराष्ट्रपतिमा चारजनाको  उम्‍मेदवारी परे पनि दुईजनाले फिर्ता लिएका छन्।
नेपाली  कांग्रेसका तर्फबाट अमियकुमार यादवले उम्मेदवारी दर्ता गरेका छन् ।एमाओवादीसहित सत्तारुढ गठबन्धनको तर्फबाट एमाओवादीका नन्दकिशोर पुन पासाङले उम्मेदवारी दर्ता गर्दैछन् । यसैगरी स्वतन्त्र सांसद अतहर कमाल मुसलमान र परिवार दलका दयाराम कँडेललेले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराए पनि दुवैले फिर्ता लिएका छन्।
उपराष्ट्रपतिको उम्मेदवारी तय गर्न बालुवाटारमा बसेको उच्चस्तरीय बैठकमा केही विवाद भएको थियो। साना दलहरुले मधेसी तथा दलित समुदायबाट उपराष्‍ट्रपति बनाउनुपर्ने माग राखेका थिए।

तर प्रचण्डले उपराष्ट्रपतिमा भइसकेको सहमति भत्किए गठबन्धन नै खतरामा पर्ने चेतावनी दिएपछि एमाले सहमत भएको थियो।विवादबीच नै पुनको उम्मेदवारी दिने निर्णयसहित बैठक टुंगिएको थियो।ठूला दलले मात्रै पद बाँडेको भन्दै साना दलहरुले असन्तुष्टी पोखेका थिए।

पुनको प्रस्तावकमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् भने समर्थकमा राप्रपा नेपालका दिलानाथ गिरीलगायत छन्। उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री, प्रचण्डलगायतका नेताहरु संसद्‍ भवन पुगेका थिए।

उपराष्ट्रपति पदको निर्वाचन पनि राष्ट्रपतिसँगै कात्तिक ११ गते तोकिए पनि पहिले राष्ट्रपति निर्वाचनको परिणाम हेर्नुपर्ने भएकोले शनिबारका लागि सारिएको हो। शनिबार बिहान ११ बजेदेखि मतदान सुरु हुने भएको छ। व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन भोलि बुधबारका लागि तोकेको थियो ।
सचिवालयले आज प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १:३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २:३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ ।
त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २:३० बजे मतगणना, ४:४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

25 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्