27 C
Kathmandu
Saturday, October 31, 2020
2020 Oct 31, Saturday 12:29

TRENDING .

भारतीय एकाधिकार तोडियो,चीनबाट इन्धन ल्याउन सम्झौता

- Advertisement -

nepal china

११ कात्तिक

काठमाडौं

भारतको नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बेला चीनबाट इन्धन ल्याउने व्यवसायिक सम्झौता भएको छ । यससँगै नेपालमा इन्धन आपूर्तिमा भारतीय एकाधिकार तोडिएको छ ।

नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो-चाइना) बीच बुधबार इन्धन आपूर्तिबारे व्यवसायिक सम्झौता भएको हो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बेइजिङमा भएको सम्झौतामा चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ चीनबाट नेपाल ल्याउने उल्लेख छ ।

चीनस्थित नेपाली दूताबासले विज्ञप्ति जारी गर्दै सम्झौता भएको जानकारी गराएको छ । तर, चीनबाट कहिलेबाट र कति परिमाणमा तेल ल्याउने भन्ने थप खुलाइएको छैन ।

Nepal-China-petrol-Agriment

इन्धन आपूूर्तिसम्वन्धी सम्झौतामा हस्ताक्षर गर्नुअघि राजदूत महेश मास्के नेतृत्वको नेपाली टोलीले मंगलबार विदेशमन्त्रीसँग र बुधबार बिहान वाणिज्य मन्त्रीसँग छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहितको उच्चस्तरीय टोलीले चीनबाट इन्धन आपूर्ति गर्ने नीतिगत सहमति गरेपछि यो प्रक्रिया अघि बढेको थियो ।

चिनियाँ पक्षसँग भएको सम्वादका आधारमा नेपाल सरकारले सम्झौता गर्ने अधिकार दिएर राजदूतको नेतृत्वमो टोली बेइजिङ पठाएको थियो । बेइजिङस्थित नेपाली दूताबासका अनुसार बुधबार नै चीनले पूर्व घोषणा गरेको १ हजार मेटि्रक्टन पेट्रोल नेपाललाई अनुदान दिनेबारे पनि सम्झौता भएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्