27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

राष्ट्रपति चुनावमा ५४९ मत खस्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौं, कात्तिक ११

– नयाँ राष्ट्रपति चयनका लागि संसदमा मतदान सकिएको छ । बिहान ११ बजेदेखि २ बजेसम्म ५ सय ४९ जना सांसद्ले मतदान गरेका संसद् सचिवालयले जनाएको छ । सभामुख ओनसरी घर्ती मगर, निलम्बित सांसद् सञ्जय टक्ला र मधेसमा आन्दोलनरत दलका ४७ जना सांसद् भने मतदानमा सहभागी भएनन् । संसदमा अहिले पाँच सय ९७ जना सांसद छन् । विजयी हुनका लागि दुई सय ९९ सय मत चाहिन्छ । सत्तारुढ दलको तर्फबाट नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी र नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङबीच प्रतिस्पर्धा भएको हो ।

भण्डारीको पक्षमा एमालेको १ सय ८४, एमाओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र साना दलको २३ गरेर ३ सय ४० सांसदको समर्थन देखिन्छ । यस्तै गुरुङको पक्षमा कांग्रेसको २ सय ७ मत मात्र देखिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!