24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

पेट्रोलियम पदार्थ आपूर्ति गर्न चीनसँग आज निर्णायक वार्ता

- Advertisement -Flowers in Chania

काठमाडौ, ११ कार्तिक
 मुलुकमा चुलिएको पेट्रोलियम पदार्थको संकट समाधानको लागि चीनबाट आपूर्ति गर्ने विषयमा ी सम्झौता गर्न बेइजिङ पुगेको नेपाली टोलीले आज त्यहाँका सम्बन्धीत अधिकारीहरुसँग निर्णायक बार्ता गर्ने भएको छ ।

मंगलबार बिहान बेइजिङ पुगेको टोलीले दिउँसो चीनको विदेश मन्त्रालयका अधिकारीसँग भेटवार्ता गरेको थियो भने बुधबार बिहान चीनको वाणिज्य मन्त्रालय र दिउँसो चाइना नेसनल पेट्रोलियम कर्पोरेसनसँग विस्तृत छलफल गर्ने कार्यक्रम छ ।
नेपाली प्रतिनिधिमण्डल टोलीले अरु छलफलसँगै विदेश मन्त्रालयमा भएको प्रारम्भिक छलफललाई समेत निरन्तरता दिने छ ।
भारतको नाकाबन्दीले इन्धन संकट गहिरिएपछि वैकल्पिक उपाय खोज्ने क्रममा सरकारले चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा सोमबार आठ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पठाएको हो । काठमाडौंबाट बैंकक हुँदै मंगलबार बिहान बेइजिङ पुगेको टोलीले दिउँसो चीनको विदेश मन्त्रालयका अधिकारीसँग नेपालको अहिलेको इन्धन संकट टार्न चीनबाट हुनसक्ने आपूर्ति व्यवस्थाबारे छलफल गरेको थियो ।नेपालले इन्धन आयातमा भारतको एकाधिकार तोड्दै चीनसँग पहिलोपटक व्यापारिक रुपमा आपूर्ति गर्ने तयारी गरेको हो। नेपाली टोलीले चीनको विदेश र वाणिज्य मन्त्रालय तथा पेट्रो–चाइनासँग आपूिर्त गर्न सक्ने इन्धनको परिमाण, मूल्य, रुट र समयबारे विस्तृत छलफल गरी सम्झौता गर्न सक्नेछ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्