27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

मधेसी मोर्चासहित आठ दलका ४२ सांसदले राष्ट्रपति चुनावमा भाग नलिने

- Advertisement -
- Advertisement -spot_imgspot_img

Madeshi-Morcha-Meeting
११ कात्तिक, काठमाडौं

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संविधानसभामा रहेका आठ दलका ४२ सांसदले राष्ट्रपति चुनावमा भाग नलिने भएको छ ।

नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसद बैठकमा मतदान हुँदैछ । राष्ट्रपतिका लागि सत्तारुढ दलहरुको तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र कांग्रेसका कुलबहादुर गुरुङका उम्मेदवार छन् ।

तर, मधेस केन्द्रीत चार दलको मधेसी मोर्चाले राष्ट्रपति चुनावमा भाग नलिने बताएको छ । मधेसी मोर्चामा आवद्ध चार दल तमलोपा, संघीय समाजवादी फोरम, सद्भावना र तमसपाका ३५ सभासद छन् ।

प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस उम्मेदवार सुशील कोइरालालाई मतदान गरेको थियो । तर, राष्ट्रपति चुनावमा भाग नलिने समझदारी भएको फोरमका सभासद लालबाबु राउतले अनलाइनखबरलाई बताए ।

यस्तै संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रपति चुनावमा भाग नलिने भएको छ । मोर्चामा आवद्ध शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका तीन सभासद छन् भने राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकसँग एक सभासद छ ।

थरुहट तराई पार्टीले पनि चुनावमा भाग नलिने बताएको छ । दुई सभासद रहेको थरुहट प्रधानमन्त्री चुनावमा तटस्थ बसेको थियो ।

नेपाल सद्भावना पार्टीले पनि चुनावमा भाग नलिने बताएको छ । अनिल झा नेतृत्वको उक्त पार्टीका एक सभासद छन् ।  झाले आफ्नो पार्टीले राष्ट्रपति चुनावमा भाग नलिने जानकारी दिए ।

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!