कावासोती
कार्तिक ९
चाढ पर्वको समयमा आन्तरीक पर्यटको विकास गर्ने चाढपर्वको अवसरमा टेम्पल टाईगर ग्रिन जंगल रिसोर्टले हात्ति सफारी र बोटीङ्गमा भारी छुटको व्यावस्था गरेको छ ।
स्थानियहरु सग हातेमालो गर्दै अगाडी बढ्ने र स्थानिय क्षेत्रमा खोलीएको ठुला रिसोर्टहरुमा समेत आन्तरीक पर्यटनको पहुच पुगोस भन्ने उदेश्यका साथ मुख्य गरेर दशै तिहारको अवसरमा परिवार सग मनोरन्जनका साथ आफ्नै स्थानिय क्षेत्रको अवलोकन गर्ने व्यावस्था मिलाउन आन्तरीक पर्यटकहरु लाई चाढपर्वको अवसरमा शुभकामना सहित भारी छुटको व्यावस्था गरीएको रिसोर्टका गेष्ट अप्रेसन इन्चार्ज जीत महतोले बताउनु भयो ।
अन्य भने प्याकेटमा मात्र बुकिङ्गबाट मात्र कार्यक्रम संचालन गर्ने गरिने र प्याकेजमा बुकिङ्ग गर्दा एक रातको प्रति व्याक्ति समय अनुसार ७ हजार देखी ९ हजार नेपाली रुपैया सम्म लाग्ने गर्दथ्यो जसमा ग्राहाकले हात्ति सफारी एक रातको आवास , ब्रेक फास्ट,लन्च र डिनर को व्यावस्था प्रदान गर्ने गरेको तर चाढ पर्वको अवसरमा भने हात्ति सफारी प्रतिव्याक्ति रु ९ सय उन्नानसय रुपैया र वोटिङ्गका लागी प्रति व्याक्ति ४ सय उन्नानसय रुपया, १ हजार ६ सय रुपयामा लन्च , डिनर, र रु २ हजार रुपैयामा एक रातको लागी आवासको व्यावस्था गरीएको अप्रेसन इन्चार्ज महतोले बताउनु भयो । यो अन्य समयको तुलनामा भन्दा ५० प्रतिशतले कमि हो । तर हात्ति सफारीको लागी भने कम्तीमा ४ जना हुनुपर्ने व्यावस्था रिसोर्टले गरेको छ ।
थोरै रकममा समेत स्थानियहरुले आफ्नै क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जका बन बन्य जन्तु अवलोकन र परीवार सगै रमाउनका लागी यो अफर प्रदान गरीएको रिसोर्टका लेखापाल खिम चालीसेले बताए । साथै उनले आन्तरीक पर्यटन प्रवद्धन र विकासमा समेत टेवा पुग्ने विश्वस समेत व्याक्त गरे ।
- Advertisement -
- Advertisement -
- Advertisement -