ज्ञानु पंगेनी
कावासोती/कार्तिक ८
थारु कल्याणकारीका पुर्व महामन्त्रि एवम् थारु कल्याणकारी सभा आन्दोलन समिति संयोजक राजकुमार लेखीले आफनो अधिकारकालागी जतिसुकै दिन आन्दोलन गर्नुपरेपनी पछि नहट्ने बताउनु भएको छ ।
उहाले अधिकार पा्राप्तीकालागी २ वर्षसम्म पनी आन्दोलन गर्नु परेपनी पछि नपर्ने उहाले स्पष्ट पार्नुभएको छ ।
थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलाको आईतबार नवलपरासीको डण्डामा भएको कार्यक्रममा सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएके हो।
थरुहट थारुवान संयुक्त संघर्ष समितीका संयोजक समेत रहनु भएका लेखिले साढे २ महिनाबाट सिङगो तराई बल्दा समेत यसलाई आनदोलनको रुपमा देखन नसकेको भन्दै उहाले मानव अधिकारवादिहरु जातीवादी र बस्लवादी भएको आरोप लगाउनुभयो ।
यस्तै उहाले संचार माधयमहरु समेत विभेदकारी भएकोले आफनो आन्दोलनका समाचारलाई सहि ढंगले प्रासारण नगरेको भन्दै रोष प्रकट गरे । भोलीसम्म चल्ने भेलामा थारु कल्याणकारिणी सभाका २४ जिल्लाका अध्यक्षहरु, केन्द्रीय समितिका पदाधिकारी, २४ जिल्लाकै आन्दोलन समितिका संयोजक, क्षेत्रीय पदाधिकारी र गाविस स्तरिय संघर्ष समितिका संयोजकहरुको सहभागिता रहेको छ ।
भेलाले अहिलेसम्म थारु समुदायका लागि भएका आन्दोलनको विषयमा समिक्षासहित भाबी कार्ययोजनासहित रणनीतिक योजना तयार गरि घोषणापत्र जारी गर्दै सोमबार सकिनेछ ।