8.1 C
Kathmandu
Flowers in Chania

चीनबाट तत्काल इन्धन आपूर्ति प्रक्रिया थाल्न प्रधानमन्त्रीको कडा निर्देशन

- Advertisement -

काठमाण्डु,

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट इन्धन आपूर्तिका लागि तत्काल प्रक्रिया अघि बढाउन सम्वद्ध निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनसहित अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीलाई शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।उनले इन्धन आयात गर्न चिनियाँ आयल कर्पोरेशनलाई तत्काल पत्राचार गर्न भनेका छन् ।

‘नाकान्दीका कारण इन्धन आपूर्ति नहुँदा जनजीवन असामान्य बन्दै गएको छ’, ओलीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘सरकार जनताको अभिभावक हो, यस्तो बेलामा चुप लागेर बस्न सक्दैन, तत्काल चीनसहित अन्य मुलुकबाट आपूर्ति व्यवस्था मिलाउन पहल थालिहाल्नुस् ।’

त्यस क्रममा मन्त्री पुनले इन्धन आपूर्तिका लागि नेपालका लागि चिनियाँ राजूत ऊ चुन्ताईसँग शुक्रबारै भएको छलफलबारे मधानमन्त्रीलाई जानकारी गराएका थिए ।यसैबीच सरकारले चीन सरकारलाई औपचारिक पत्राचार गर्ने तयारी गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्