27 C
Kathmandu
Friday, July 3, 2020
2020 Jul 03, Friday 06:22

TRENDING .

राष्ट्रपति चयनको लागि तयारी सुरु

- Advertisement -

sittal-800x350

काठमाण्डौ । नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनको लागि तयारी सुरु भएको छ । व्यवस्थापिका संसद अधिवेशन आह्वान भएको ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्नुपर्ने व्यवस्था भएकाले त्यस अनुसार तयारी सुरु भएको हो ।

संसदको बैठक भोलि बस्ने भएकाले भोलिदेखि नै राष्ट्रपति चयनको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपति निर्वाचनको लागि भोलि कार्यतालिका प्रकाशित गर्ने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार सुरुमा सहमतिको आधारमा राष्ट्रपति चयनको लागि दलहरुलाई समय दिइने र रित समयमा सहमति हुन नसके निर्वाचन समितिले संसदको अन्तरिम कार्यविधि तथा संविधानको धारा २९७ को उपधारा ३ बमोजिम संसदमा तत्काल कायम सम्पूर्ण सदस्यको बहुमतद्वारा राष्ट्रपति तथा उपराष्ट्रपति चयन प्रक्रिया सुरु गर्नेछ।

दसैं सकिए लगत्तै नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्ने भएकाले दलहरु पनि आवश्यक गृहकार्यमा जुटेका छन् । तर राष्ट्रपतिको उम्मेदवारबारे अझै यकिन भैसकेको छैन ।

यसअघि कांग्रेसले प्रधानमन्त्रीको चुनावमा सहमति तोडेको भन्दै एमाले र एकीकृत माओवादीले सत्तारुढ गठबन्धनबाटै राष्ट्रपति बनाउने तयारी गरेका छन् । तर कांग्रेसलाई राष्ट्रपति दिनेबारे पनि सत्तारुढ दलहरुभित्र छलफल भैरहेको छ ।

सत्तारुढ गठबन्धनको प्रमुख दल एमालेले पूर्वअध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम अघि सारिरहेको छ। कांग्रेसभित्र कतिपय नेताले वर्तमान राष्ट्रपति रामवरण यादवको चाहनाबमोजिम दोस्रो कार्यकालका लागि पुनः यादवलाई नै अघि सार्नुपर्ने अडान लिएका छन्।

एकीकृत माओवादीले आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने माग गर्दै त्यसका लागि पार्टी नेता अमिक शेरचन वा माओवादी पूर्व लडाकु कमान्डर नन्दकिशोर पुनको नाम चर्चामा ल्याएको छ । नयाँ संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन भने भैसकेको छ ।

– See more at: http://www.lumbinitimes.com/news/05948875734/#sthash.Wfa27NTL.dpuf

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्