27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

घरघरमा फूलपाती भित्र्याईंदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौं, कात्तिक ३ –  बडादसैंका सातौ‌ दिन आज फूलपाती भित्र्याइँदै छ । फूलपातीस्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने चलन छ ।

नौ पातमा ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ । काठमाण्डूको हनुमानढोकामा दिउँसो फूलपाती भित्र्याउने तयारी छ । हनुमानढोकामा फूलपाती भित्र्याउने बेला टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाईं पनि गर्ने गर्छ ।

दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी गराउनुभयो । उहाँका अनुसार कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!