27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

नवलपरासीको पहाडी क्षेत्रमा २ महिना पछि बल्ल गाडी चल्न थाले

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको पहाडी क्षेत्रमा जाने एक मात्र दलदले–बुलिङ्गटार सडक खण्डमा गएको पहिरो २ महिना पछि हटाएपछि बल्ल गाडी चल्न थालेका छन् । ठाउं ठाउंमा पहिरो गएर अबरुद्ध बनेको पहाडी क्षेत्रको सडक स्थानीयहरुले एक जुटभई पहिरो हटाएपछि सहज रुपमा यातायात संचालनमा आएका1 bato हुन् ।दुई महिना अघि गएको पहिरो दशैनजिकिए संगै हटाइएपछि पहाडी १७ गाउं बिकास समितीका स्थानियहरुले सहजताको महशुस गरेका छन् । जिल्ला विकास समितिले डोजर खर्च व्यहोर्ने गरी पहिरो पन्छाउने काम पुरा भएपछि गाडी चल्न थालेको स्थानीयहरुको भनाई छ ।जिल्ला विकास समिति नवलपरासीको सहयोगमा स्थानीय बासिन्दाले सो पहिरो पन्छाएका हुन् । पहिरो हटाएपछि लेकबेशी यातायात व्यवसायी समितिका गाडी चलेका छन् ।सो क्षेत्रमा दैनिक रुपमा करिब ५० वटा सवारी साधान संचालनमा छन् ।बर्षाको समयमा लामोसमय सम्म पहिरो गएका ति सडकका पहिरो स्थानियहरुले हटाउन सफल भएपछि सडक संचालनमा आएको हो ।
पहिरो हटाएपछि पहाडी अर्खला , धौबादी , जौबारी , भारतीपुर , डेढगाउं , नरम र मिथुकरम लगायतका गाउं बिकास समितीमा यातायात संचालन भएका छन् ।नवलपरासीको पहाडी क्षेत्रमा बर्षातले गर्दा करिब ४ महिना सो भेगहरुमा पहिरोका कारण यातायात अबरुद्ध हुदा खच्चड तथा मानिसहरुबाट औषधी र खाद्यन्न ढुवानी गर्नुुपर्ने बाध्यता रहदै आएको छ । ( रासस)

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!