आन्तरिक छलफलमा रहेका थारु नेता र सभासदहरुले भोलीसम्ममा अध्यक्ष प्रचण्डलाई राजिनामा बुझाउने तयारी गरेका छन ।
अध्यक्ष प्रचण्डले दुई साताभित्रै संविधान संसोधन गरेर थारु र मधेसीहरुको माग पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेपनि अहिलेसम्म सुरुहुन नसेको पार्टीको थारु मुक्ती मोर्चाका अध्यक्ष सन्तकुमार थारुलाई मन्त्री बनाउने प्रतिबद्धता ब्यक्त गरेकोमा नेतृत्वले विभेद गरेको गुनासो गरेका छन । मन्त्री बनाउन नसकेपनि प्रचण्डले राज्यमन्त्री भने बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन । जसलाई थारु नेताहरुले अस्विकार गरेको बताईएको छ ।