पाल्पा, कात्तिक २
पाल्पाको मदनपोखरा जरेपिपल नजिक जीप र ट्रक ठोक्किँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये ४ जना गम्भीर छन् ।
बुटबलबाट गुल्मीको शान्तिपुरका लागि छुटको लु १ ज १५ ८५ नम्बरको जीप र पाल्पाबाट बुटवल जाँदै गरेको लु १ क ९०५० नम्बरको ट्रक आपसमा ठोक्किँदा जीपका चालकसहित अरु यात्रु घाइते भएका हुन् । घाइतेहरुको लुम्बीनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।