१ कात्तिक, काठमाडौं । पार्टीका तर्फका मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपा एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।
आइतबार बिहानै प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमालेका पाँच शीर्ष नेताहरुको बैठकले स्थायी कमिटीको बैठक बोलाउने निधो गरेको हो । बैठक दिउँसो साढे १२ बजे बस्ने बताइएको छ ।
विहान बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीसहित एमालेका शीर्ष नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, विद्या भण्डारी र ईश्वर पोखरेल सहभागी थिए ।
शीर्षनेताहरुको टीमले एमालेका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाममाथि छलफल गरेको र स्थायी कमिटीको बैठकले त्यसलाई अनुमोदन गर्ने एमाले स्रोतले जानकारी दिएको छ ।