27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

आज नवरात्रको पाँचौ दिन

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती
कार्तिक १
नेपालीहरुको महान चाड दशैं अन्तगर्त नवरात्रको पांचौं दिन आज स्कन्द माताको पूजा आराधना गरिं मनाईएको छ
भक्तहरुको इच्छा पूर्ती गर्ने स्कन्द माताको पूजा आराधनाले मोक्ष प्राप्त हुने जनविश्वास रेको छ । पूराणमा आसुर्यसंगको युद्धमा स्कन्द माताले ताराकासुर दैत्यलाई मारी देवताहरुको रक्षा गरेको उल्लेख छ ।
यस्तै स्कन्द कुमार कात्तिकेयको बाल स्वरुपलाई सधैंव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्द माताको नामबाट पुकार्ने गरिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाईने दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।
यस्तै छैठौं दिन कात्तियानी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

92 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!