27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

प्रधानमन्त्रीलाई मोर्चाको जवाफ,‘आन्दोलन रोकेर बार्तामा बस्दैनौ’

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र लेखेर बार्तामा आउन गरेको आब्हानलाई आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्विकार गरिदिएको छ ।
मधेसी मोर्चाको बार्ता टोलीका सदस्य एवम संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले प्रधानमन्त्रीले लेखेको पत्र प्राप्त भएको जानकारी दिदै त्यसमा उल्लेखित भाषामा आपत्ति जनाए ।
रिपोर्टर्स नेपालडटकमसँगको कुराकानीमा उनले प्रधानमन्त्रीले आन्दोलन छाडेर बार्तामा आउन आब्हान गरेको उल्लेख गर्दै आफूहरु आन्दोलन रोकेर बार्तामा बस्न तयार नभएको स्पष्ट पारे ।
राउतले मोर्चाले बैठक बसेर प्रधानमन्त्रीलाई आन्दोलन छाडेर आफूहरु बार्तामा बस्न तयार नभएको जवाफ दिने तयारीमा रहेको बताए ।
प्रधानमन्त्रीले हिजो आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट–थारुवान संयूक्त संघर्ष समितिलाई आन्दोलनको कार्यक्रम रोकेर समस्याको समाधान खोज्न बार्तामा आउन आब्हान गर्दै पत्र लेखेका थिए।
बार्ता टोलीका अर्का सदस्य एवम सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले अब झारा टार्ने मात्रै हिसावले आफूहरु बार्तामा नबस्ने स्पष्ट पार्दै सीमांकनको प्रष्ट खाँका नआएसम्म, संविधान संसोधनको लागि तयार नभएसम्म बार्ताको औचित्य नभएको बताए ।
उनले पहिला तीन दल ठूला दलले सीमांकन मधेसमा कतिप्रदेश दिने, झापादेखि कञ्चनपुरसम्म गरी मधेसमा दुई प्रदेश दिने की नदिने स्पष्ट कुरा नआई बार्तामा बस्नुको औचित्य नरहेको स्पष्ट पारे ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!