27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

पाटे बाघको छाला र हड्डीसहित एकजना पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

महेन्द्रनगर, असोज ३०

प्रहरीले पाटे बाघको छाला र हड्डीसहित एकजनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह महाकालीले कैलालीको घोडाघोडी–१ सुख्खड बस्ने गोपिराम चौधरीको घरबाट ६ फिट लामो पाटे बाघको छाला र ३ किलो ५० ग्राम हड्डी बरामद गरेको हो ।
बाघको छाला चोरी शिकारी तथा कारोबारमा संलग्न रहेको आशंकामा घोडाघोडी–१ का गोपिराम चौधरीलाई पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूह महाकालीका इन्चार्ज विरेन्द्र जोहारीले जानकारी दिनुभयो ।

जोहारीका अनुसार विशेष सूचनाका आधारमा खान तलासी गर्दा पाटे बाघको हड्डी र छाला घरमा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो । पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!