27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 03:54

TRENDING .

प्रधानमन्त्री ओली चीनबाट इन्धन ल्याउन तयार

- Advertisement -

Kp-oli-At-Press-Meet

असोज २७, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज दिउँसो भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सकारात्मक भएको बताएका छन् ।

बालकोटस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा भारतले गरेको नाकाबन्दी हटाउन कूटनीतिक पहल थाल्नुपर्ने र भारतबाहेक पनि अन्य विकल्प खोज्नु पर्ने बारेमा छलफल भएको छ ।
भेटवार्तामा सहभागी नेमकिपाका सचिव सुनिल प्रजापतिले भारतको नाकाबन्दी खोल्न पहल गर्नुपर्ने, पेट्रोलियम पदार्थको आयातमा भारतसँग मात्रै निर्भर नभई चीनलगायत अन्य देशसँग पनि विकल्प खोज्नु पर्नेबारेमा छलफल भएको जानकारी दिए ।

‘सरकार चीनसँगको नाका खोल्न र विकल्प खोज्न अगाडि बढ्नुपर्ने बारेमा छलफल भयो’ प्रजापतिले भने,  ‘त्यसमा प्रधानमन्त्री ओली सकारात्मक हुनुभयो ।’

भेटका अवसरमा उनीहरुबीच दलहरुबीच राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ । सोही संयन्त्रको निर्णयानुसार अगाडि बढेमा सरकार स्थिर भइ जनताको भावनाअनुसार काम गर्न सकिनेबारे पनि छलफल भएको थियो ।

करिब ४५ मिनेट भएको भेटवार्तामा देशको शिक्षालाई परम्परागत शैलीभन्दा पनि अहिलेको आवश्यकताअनुसार परिमार्जन गरेर लैजाने र स्वास्थ्य तथा शिक्षामा जनताको पहुँच हुनुपर्नेमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री ओली तथा नेमकिपाका तर्फबाट अध्यक्ष बिजुक्छे, सचिव प्रजापति र विदेश विभाग प्रमुख एवम् सांसद प्रेम सुवाल सहभागी थिए । – रासस

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्