ज्ञानु पंगेनी
नवलपरासी , असोज २८
पुर्व शिक्षा मन्त्रि तथा एकिकृत नेकपा माओवादिका प्रवक्ता दिनानथ सर्माले नव गठित सरकारले मधेशी दलको आन्दोलनलाई सम्वोधन गर्ने बताउनुभएको छ ।
देशमा भईरहेको आन्दोलनको समस्या समाधानका निम्ति नै यो सरकार गठन भएको भन्दै उहाले मधेसि मोर्चाको मागलाई संसोधन प्रश्ताव मार्फत् संम्वोधन गनुपर्नेमा उहाले जोड दिनुभयो ।
आज नवलपरासीको मधयविन्दु नगरपालिकामा भएको शुभकामना आदान प्रदान तथा देशको वर्तमान राजनैतिक अवस्था सम्बन्धि अन्तरकृया कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो
प्रवक्ता समाले अब दुवै छिमेकी देशसंग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्ने समेत बताउनुभयो । उहाले भारतसंग मात्रै होईन अब चाईनासंग समेत राम्रो सम्बन्ध स्थापित गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
यस्तै उहाले अब उत्तरतर्फका नाकाहरु व्यवस्थित गर्नतर्फ नया सरकार लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।
एकिकृत नेकपा माओवादि तम्सरीया नयाँ वेल्हानी र रामनगर गाँउ कमिटिद्धारा आयोजना भएको कार्यक्रममा पार्टीका केन्द्रिय पार्षद किसन शर्मा , अखिल नेपाल शिक्षक संगठनका तिनलाल सर्मा, खड्ग वहादुर थनेत लगायतका पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रम एकिकृत माओवादि तम्सरीया गाँउ कमिटिका अध्यक्ष केदार पराजुलिको अध्यक्षतामा भएको थियो