असोज २८, व्यवस्थापिका संसदमा आज नयाँ सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ । संसद्को हिजो बसेको बैठकले सहमतिबाट सभामुख र उपसभामुख चयन गर्न आज ३ बजेसम्मको समय दिएको छ । सहमति नभए संविधानको धारा २ सय ९९ को उपधारा ३ अनुसार बहुमतीय प्रक्रियाबाट सभामुख चुन्न शुक्रबार ३ बजेको समय तोकिएको छ । यस्तै उपसभामुख चयनका लागि साँझ ५ बजेको समय तय गरिएको छ । यसअघि बुधबार नै सभामुख सुवासचन्द्र नेवाङ र उपसभामुख ओनसरी घर्तीले राजीनामा दिएर निर्वाचनका लागि बाटो खुला गरिदिएका थिए ।