27 C
Kathmandu
मंगलवार, मार्च 31, 2020
मंगलवार, मार्च 31, 2020

दसैँमा घर पुग्नै समस्या, मुढा समेत नहुँदा छतमा र झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता

create_thumb

काठमाडौं, असोज २८

काम तथा पढाइको सिलसिलामा गृह जिल्ला छोडेर काठमाडौं आएकाहरु अहिले दसैँ मनाउन घर फर्किने क्रम सुरु भएको छ ।

वैदेशिक रोजगारीका लागि परदेश गएकाहरु पनि दसैँ परिवारसँग मनाउन भन्दै स्वदेश फर्किने र आफ्नो गृह जिल्ला जाने क्रम चलिरहेको छ । तर यो दसैँमा घरसम्मको यात्रा यात्रुका लागि निकै समस्या र जोखिमपूर्ण भएको छ ।

भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव हुँदा पोहोर परार जस्तो यसवर्ष दसैँका लागि गाडी चल्न सकेका छैनन् । गाडी कम र यात्रु बढी हुँदा यात्रा जोखिमपूर्ण बनेको छ । भारतले नाकाबन्दी केही खुकुलो बनाएपछि नेपाल भित्रिएको इन्धनसमेत सार्वजनिक गाडीलाई वितरण गर्न थालेपछि गाडी केही बाक्लिन थालेका छन् । तर भनेजत्ति गाडी नचल्दा घर गएर दसैँ मनाउने चाहना पूरा नहुने हो कि भन्ने चिन्ताले धेरैलार्ई सताउन थालेको छ । पाएसम्म सीटमै बसेर जाने, नभए मूढामा, मूढामा पनि बस्न नपाए, हुटमा चढेर जाने, होइन, हुटमा पनि अटेन भने झुण्डिएर भएपनि जाने । कम गाडी चलेका कारण दसैँ मनाउन घर जाने यात्रुले यस्तै विकल्पहरु सोच्न थालेका छन् । दसैँमा नगई नहुने भएकाले गाडीमा क्षमता भन्दा बढी मानिस चढेर जानुको अर्को उपाय नभएको यात्रुको गुनासो छ ।

यो पटकको दसैँमा घर जाँदा गाडीको सिटमै बसेर घर पुग्ने मौका थौरैलाई मात्र जुर्न सक्छ । सिट खोजेर बसुँ घर नपुग्ने सम्भावना, उभिएर, झुण्डिएर वा छतमा चढेर जाँदा कहीँ केही हुने हो कि भन्ने त्रास ।

त्यसैले क्षमताभन्दा बढी नै यात्रु चढाएर भएपनि गन्व्यसम्म पुर्‍याउने र सुरक्षित तरिकाले गाडी चलाउने बाध्य भएको चालक बताउँछन् । यस्तै मध्येका एक चालक हुनुहुन्छ , अरनिको राजमार्गमा गाडी चलाउने रामकृष्ण भण्डारी । उहाँ भन्नुहुन्छ ‘के गर्नु सबैलाई घर जानु पर्छ, यात्रुलाई जोखिम मोलेरै भएपनि सुरक्षित रुपमा घरसम्म पुर्‍याउने तयारीमा छौं ।’

सरकारले प्रशस्त तेल उपलब्ध गराईदिए थन्क्याएको गाडी पनि चलाउने तयारीमा छन् यातायात व्यवसायी । प्रशस्त गाडी हुनसाथ यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेर जानेछ । सरकारले लामो दूरीका गाडीलाई तेल दिइरहेको बताएपनि यातायात व्यवसायीका लागि तेल अभावले नै टाउको दुखाएको छ ।

यातायात व्यवसायीले नीजि गाडीलाई तेल दिन बन्द गरेर भएपनि सार्वजनिक गाडीलाई प्रशस्त तेल दिन आग्रह गरेका छन् । सरकारले लामो दूरीमा चल्ने बसलाई तेल दिइरहेको बताएपनि त्यो पर्याप्त छैन । सरकारले केही दिनअघि सार्वजनिक गाडीलाई १२ लाख लिटर डिजेल दिएको थियो । त्यसले १२ हजार गाडीलाई मात्रै पुग्छ ।

तर दसैँका लागि काठमाडौं उपत्यकाबाट झण्डै २० लाख यात्रु स्थलमार्ग हुँदै गृह जिल्ला जाने गरेको तथ्यांक छ । अहिले वितरण गरिएको तेल र चलिरहेका गाडीले यो यात्रुको चापलाई थेग्न सक्दैन । पोहोर परार दसैँ सुरु भएपछि काठमाडौं उपत्यकाबाट दैनिक यात्रुले भरिभरा १० हजार गाडी बाहिरिने गर्थे । तर यो वर्ष दिनको झण्डै दुई हजार गाडी मात्रै बाहिरिएका छन् ।

व्यवसायीलाई तेल दिनु भनेको यात्रुलाई मानसिक तनाव बिनै घर पुर्‍याउनु हो, वर्षौदेखि भेट नभएको परिवारसँग भेटघाट गराईदिनु हो भने संस्कृति बचाउन मद्दत पुर्‍याउनु पनि हो ।

यसपटकको दसैँमा घर जाने यात्रुले जोखिमपूर्ण यात्राको समस्या मात्रै भोगिरहेका छैनन् । धेरै ठगिएका पनि छन् । गाडीवालाले आफूहरुसँग तोके भन्दा बढी भाडा लिएको, साना झोलाको पनि भाडा लिएको जस्ता गुनासो गर्ने गरेका छन् । यसले यात्रालाई थप असजिलो बनाएको छ ।

- Advertisement -

29 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा अपडेट

पोखरामा अब एक घण्टामा नै कोरोनाको रिपोर्ट

पोखरा, गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना...

‘घरभाडा मिनाहा गर्न अनुरोध हैन, निर्देशन देऊ’

१८ चैत, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित...

महिना दिनको हाजिर गरी स्वास्थ्यकर्मी टाप !

१८ चैत, सिमकोट । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया...

लकडाउन २५ गते मध्यरातसम्म थपियाे

सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातसम्म गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी...

६ लाख भन्दा बढीलाई कोरोना संक्रमण,२७ हजारले ज्यान गुमाए

कोभिड–१९ महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । शनिबार मध्यान्हसम्म ६ लाख २ हजार २ सय...
- Advertisement -

सम्बन्धित खवर

- Advertisement -