काठमाडौं
असोज २७
नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा आफ्नो पार्टीको तर्फबाट उमेदवारी दिने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले महत्वपूर्ण पदहरुमा उमेदवारी दिने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्रीको चुवानमा सभापति सुशील कोइरालालाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएको छ । अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन गर्ने विषयमा पनि ती दलसँग छलफल गरेपछि कसलाई उठाउने भन्ने टुङ्गो लाग्ने कांग्रेसले जनाएको छ ।