काठमाडौं ।
आज देखि काठमाडौंमा गैरआवासीय नेपाली संघ(एनआरएनए)को सातौं अधिवेशन तथा विश्व सम्मेलन सुरु भएको छ । एनआरएनए राष्ट्र पुननिर्माणको सच्चा साझेदार भन्ने मुल नाराका साथ सुरु हुने सम्मेलनलाई महत्वका साथ हेरीएको छ ।
सम्मेलनले आगामि दिनका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । सम्मेलनमा ७१ मुलुकबाट करिब १५ सय प्रतिनिधी काठमाडौं आइसकेका छन् । सोही बराबरमा पर्यवेक्षक र शुभेच्छुक सम्मेलनमा आएको एनआरएन सचिवालयले जनाएको छ ।
आजै देखि निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । अध्यक्षमा तीन उम्मेदवारी परेको छ। वर्तमान अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका उम्मेदवारी दिएका छन्। यसैगरी टिबी कार्की र रतन झाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
शुक्रबार र शनिबार भने विश्व सम्मेलन गर्ने कार्यतालीका छ । विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्ने भएका छन् ।
सम्मेलनको आयोजनामा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएनएको संयुक्त भएको हो । सम्मेलनको अध्यक्षता परराष्ट्र तथा उपप्रधानमन्त्री कलम थापाले गर्ने भएका छन् ।