27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 03:39

TRENDING .

नयाँ सभामुखको चुनावी प्रक्रिया आजदेखि

- Advertisement -

1442572954403_RoS-Ktm-Sambidhan-2-835x350काठमाडौ

व्यवस्थापिका–संसद्ले नयाँ सभामुखको चुनावी प्रक्रिया बुधबार थाल्ने भएको छ । दिउँसो ३ बजेदेखि बस्ने संसद् बैठकअघि नै सभामुख सुवास नेम्वाङले पदबाट राजीनामा दिई मार्गप्रशस्त गर्नेछन् ।

सभामुखले उपसभामुखसमक्ष राजीनामा बुझाउनेछन् । नयाँ संविधानको धारा २९९ (२) मा संसद् बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान भएकाले नेम्वाङले समयमै राजीनामा दिन लागेको संसद् सचिवालयले जनायो ।

‘नयाँ सभामुखको निर्वाचन प्रक्रियाको कार्यसूची तयारी भइरहेको छ । त्यसलाई सहज बनाउन सभामुखज्यूले बुधबार राजीनामा बुझाउनुहुनेछ,’ सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले भने । संविधानको उक्त प्रावधानमा अधिवेशन आह्वान भएको २० दिनभित्र संसद्का सदस्यहरूले आफूमध्येबाट राजनीतिक सहमतिका आधारमा सभामुख र उपसभामुख एक–एकजना निर्वाचित गर्ने व्यवस्था छ ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पदबाट राजीनामा नदिई प्रक्रिया अघि बढाए पनि नेम्वाङले भने आफू पदमै बसेर नयाँ छान्ने प्रक्रिया असहज हुने भन्दै राजीनामा दिन लागेका हुन् । ‘अब मलाई के जिम्मेवारी दिने भन्ने दलहरूको हातमा छ । मैले माग्ने होइन,’ व्यवस्थापिका–संसद्को प्रमुख पदबाट बिदा हुनै लागेका बेला उनले संवाददाताहरूसँग भन्दै आएका छन् ।

वर्तमान सत्ता समीकरणमा संलग्न प्रमुख दलमध्ये एमाओवादीले सभामुख रोज्ने र एमालेलाई राष्ट्रपति दिइने सहमति भएकाले उक्त पदका लागि नेम्वाङ पनि प्रमुख दाबेदार मानिएका छन् । यद्यपि एमालेभित्रैबाट नेतृ विद्या भण्डारी, लालबाबु पण्डितका विषयमा पनि छलफल चलाइएको छ । ०६२/६३ को जनआन्दोलनपश्चात् प्रतिनिधिसभा पुन:स्थापना भएयता नेम्वाङ लगातार सभामुख पदमा क्रियाशील छन् । दोस्रो संविधानसभाबाट संविधान जारी गराउन सन्तुलित र सक्रिय भूमिकाका कारणले पनि नेम्वाङको सम्भावना रहेको नेताहरू बताउँछन् ।

असोज महिनाभित्रै नयाँ सभामुख र उपसभामुख निर्वाचित गरिसक्ने तयारीमा सचिवालय जुटेको छ । नयाँ राष्ट्रपति र उपराष्ट्रपति भने कात्तिक १५ भित्रै टुंगो लागिसक्नेछ । ती दुवै पद संसद् सुरु भएको एक महिनाभित्र निर्वाचित भइसक्नुपर्ने संविधानमा व्यवस्था छ । चालू अधिवेशन असोज १५ गते सुरु भएको थियो । नेम्वाङले राजीनामा दिएपछि उपसभामुख ओनसरी घर्तीले कार्यवाहक सभामुखका रूपमा निर्वाचन गराउनेछिन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्