24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

निवर्तमान प्रधानमन्त्री कोइरालाले बालुवाटार छाडे

- Advertisement -Flowers in Chania

Sushil-Koirala1

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।

उनी सभासद् डा.सशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा सरेका छन् । वी.पी. कोइरालाका कान्छा छोरा डा.सशांकको उक्त निवासमा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्व.गिरिजाप्रसाद कोइराला पनि लामो समयसम्म बसेका थिए ।

निवासमा आफूलाई स्वागत गर्न आएकाहरुसँग कुरा गर्दै कोइरालाले संविधानसभा छोडेर गएका शक्तिलाई संसदमा ल्याएर देशलाई विखण्डनमा जानबाट रोक्न आफूले प्रधानमन्त्री पदमा उमेदवारी दिन परेको बताउका छन् ।

उनले संसदीय शासन पद्धतिमा विश्वास गर्ने पार्टी भएकोले संविधान अनुसार सरकारको नेतृत्वको लागि स्वस्थ प्रतिस्पर्धा गरिएको बताए ।साथै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्दै उनले सरकारले गर्ने कामका गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध हुने प्रष्ट पारे ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्